casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रिज लाइन इनर्जीको आईपीओ खुला

अनलाइनसमय |
१३ पुष २०८२
रिज लाइन इनर्जीको आईपीओ खुला

काठमाडौं, १३ पुस । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि (पुस १३ गते) प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर हुने २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्न नियामक निकायबाट स्वीकृति पाएको थियो । यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर छुट्याइएको छ ।

स्थानीय बासिन्दातर्फको आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाका वडा नं. १, २ र ३ र दोर्दी गाउँपालिकाका वडा नं. ४, ५ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ । विदेशमा कार्यरत नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन प्रयोजनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun