casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु

अनलाइनसमय |
११ पुष २०८२
नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु

काठमाडौं, ११ पुस । स्टोरीसाइकल र समृद्ध सिन्धुली अभियानले नेपालको ऐतिहासिक सम्पदा र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ’फोर्ट स्टेज राइड’ को सम्भाव्यता अध्ययन तथा अभियान सुरु गरेका छन् । ३९० किलोमिटर लामो यो पर्यावरण मैत्री साइकल ट्रेलले बागमती प्रदेशका १५ वटा स्थानीय तह र ऐतिहासिक गढीहरूलाई जोड्नेछ ।

यस पटकको अभियान विगतका गहन अध्ययनहरूका आधारमा काम अघि बढाइएको अभियानका टोली प्रमुख दिपक श्रेष्ठले बताए ।

अभियानको मुख्य उद्देश्य पर्यटन क्षेत्रमा हुने कार्बन उत्सर्जनलाई २०–३० प्रतिशतले घटाउनु र कुल आम्दानीको कम्तीमा ८० प्रतिशत हिस्सा स्थानीय समुदायमा पुर्याउने रहेको छ । विशेष गरी होमस्टे र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने रणनीतिक योजना यसमा समावेश छ । त्यस्तै, ऐतिहासिक गढीहरू र पुराना पदमार्गहरूलाई आधुनिक पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने रणनीतिक योजना अघि सारिएको छ ।

अध्ययन टोलीका सदस्य तथा जनस्वास्थ्य विज्ञ दीप राजा थापाका अनुसार यो अभियानले पर्यटन र सम्पदा मात्र नभई जनस्वास्थ्यलाई पनि विशेष जोड दिएको छ । उनले भने, ‘यो यात्राले शारीरिक स्वास्थ्य र जनस्वास्थ्यलाई उत्प्रेरणा दिनेछ ।
हामीले हाम्रा बस्तीहरूमा रहेका पर्माकल्चर, माइन्डफुलनेस र इतिहासलाई संसारभरका पर्यटकहरूका लागि देखाउन सक्नेछौं । साइकलमा भ्रमण तथा अनुसन्धान गरिनु नै यसको नयाँपन र सामाजिक स्वास्थ्यको कडी हो ।’

नेपाल साइकल संघका सचिव तथा अभियानका प्राविधिक टोली प्रमुख देवेन्द्र बस्नेतले उक्त ट्रेलले नेपालमा साहसिक खेल साइक्लिङलाई लामो दूरीमा आयोजना गर्न सकिने खेलको विकास र वातावरण मैत्री साहसिक खेल पर्यटनको दोहोरो सम्भावनालाई उजागर गर्ने बताए ।

समृद्ध सिन्धुली अभियानद्वारा यसअघि अध्ययन गरिएको ’एकीकरण पदमार्ग’ र नमोबुद्धदेखि सुनकोशी, सिन्धुलीगढी हुँदै फिक्कलसम्मको ’ग्रेट महाभारत ट्रेल’लाई संयोजन गरी यो नयाँ चक्रिय ट्रेलको अवधारणा अघि बढाइएको हो ।

स्टोरीसाइकलका सौरभ ढकाल भन्छन्, ‘विगतका विभिन्न पदमार्गहरूको सम्भाव्यता अध्ययन गरिसकेपछि अहिले ती रुटहरूलाई एकीकृत गरी यो चक्रिय मार्गको विकासमा जुटेका हौँ ।’

यो अध्ययन यात्रा ललितपुर महानगरपालिका वडा नं. ६, कनिबहालबाट सुरु भएर लुभु, लामाटार, पनौती, नमोबुद्ध, बालुवाटार, हायुगाउँ, कोटगाउँ, बन्दीपुर, नागी मजुवा, सिन्धुलीगढी, सिन्धुलीमाढी, मरिण, पञ्चकन्या पोखरी, घण्टे, हरिहरपुरगढी, फापरबारी, फूर्केचौर, मकवानपुरगढी, टीकाभैरव हुँदै पुनः कनिबहालमै पुगेर टुङ्गिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun