१.३७ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
९ पुष २०८२
१.३७ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, ९ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ बिन्दुमा कायम भएको हो ।

आज ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार निर्जीन बीमा शून्य दशमलव ८७, बैंकिङ शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य दशमलव ४५, होटेल तथा पर्यटन शून्य दशमलव ३६, व्यापार शून्य दशमलव २७ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

यसैगरी विकास बैंक शून्य दशमलव ८५, फाइनान्स शून्य दशमलव ५५, हाइड्रोपावर शून्य दशमलव २९, अन्य शून्य दशमलव २८, माइक्रोफाइनान्स शून्य दशमलव १६, जीवन बीमा शून्य दशमलव ०७ र लगानी समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्सुरेन्स ६ दशमलव ११, नेशनल हाइड्रोपावर ४ दशमलव २६, हिम स्टार ऊर्जा ४ दशमलव १९ र सिद्वार्थ बैंकको शेयर मूल्य ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।

आज ग्रामिण विकास बैंक लघुवित्त ४ दशमलव २३, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ०४, सुपर म्यादी हाइड्रोपावर ३ दशमलव ६५, लुम्बिनी विकास बैंक ३ दशमलव ५७ र सिटिजन्स लाइफ इन्सुरेन्सकोे शेयर मूल्य ३ दशमलव ३८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस