रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
७ पुष २०८२
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि खुला

काठमाडौं, ७ पुस । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेपछि कम्पनीले अब सर्वसाधरण लगानीकर्तालाई शेयर आवेदनको अवसर दिएको हो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको कुल शेयरमध्ये ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहे पनि बुक बिल्डिङ प्रणालीअनुसार प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रक्रियाबाट छनोट भएका योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गरिएको थियो । उक्त प्रक्रियामा कट–अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट प्रदान गर्दा सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो ।

आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन अवधि छिटोमा पुस ११ गतेसम्म रहनेछ । यदि उक्त अवधिसम्म सम्पूर्ण शेयरका लागि आवेदन नपरेमा निष्कासन मिति पुस २१ गतेसम्म थपिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस