काठमाडौं, ६ पुस । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ९२ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५ सय ९५ दशमलव १० को बिन्दुमा बन्द भएको छ । गत हप्ता अन्तिम कारोबार दिन बिहीबार नेप्से १० दशमलव ६६ अङ्कले घटेर २६१५ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोड ८७ लाख रुपैइँँम्ँ सीमित भएको छ । यस दिन १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक किनबेच भएको छ ।
आइतबार ३४५ धितोपत्र कारोबारमा आए, जसमध्ये २०७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४३ धितोपत्रको मूल्य बढेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअलफण्डको सामान्य बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल एण्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव ६३ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमाको १.५२, विकास बैंकको १.४२, फाइनान्सको १.३८, व्यापारको १.१, हाइड्रोपावरको ०.८६, लगानीको ०.६३ र बैंकिङ समूहको उपसूचकको ०.४७ प्रतिशतले घटेको छ ।
आइतबार एसवाई प्यानलको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ७.५५, अपर स्याङ्गे हाइड्रोपावरको ७.४५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशतले शेयर मूल्य घट्यो ।