तोलामा ७ सयले बढ्यो सुन, चाँदी ४ हजार नाघ्यो

अनलाइनसमय |
२ पुष २०८२
तोलामा ७ सयले बढ्यो सुन, चाँदी ४ हजार नाघ्यो

काठमाडौं, २ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस