इलाम र बझाङको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

अनलाइनसमय |
१३ वैशाख २०८१

काठमाडौं, १३ वैशाख । इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को पत्रका आधारमा राष्ट्रपति पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले सेना परिचालन स्वीकृति दिएको उल्लेख गरेकी छन् । यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस