ललितपुरमा नेपाल फिनटेक फेस्टिभल-२०२५ आयोजना

अनलाइनसमय |
२५ वैशाख २०८२
ललितपुरमा नेपाल फिनटेक फेस्टिभल-२०२५ आयोजना

काठमाडौं, २५ वैशाख । ‘नेपाल फिनटेक फेस्टिभल-२०२५ पावर्ड बाई नेपाल क्लियरिङ हाउस’ आयोजना भएको छ । काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा सो फेस्टिभल आयोजना गरिएको हो ।

नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारमा सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले महत्वपूर्ण योगदान पु¥याएको बताए । अब साइबर सुरक्षाका लागि आवश्यक सचेतना अपनाउनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा पूर्व गभर्नर अधिकारी, काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बा, राष्ट्रिय भुक्तानी प्रणाली लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंक लिमिटेडका सिइओ प्रद्युमन पोखरेल, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी लगायतले सम्बोधन गरे ।

फिनटेकका संस्थापक नील क्रसले फिनटेक प्रविधि, उत्पादन र समाधानको प्रस्तुतीकरण दिएका थिए ।


उक्त कार्यक्रमलाई ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक फेस्टिभलका आयोजक फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस