निजी विद्यालयलाई महानगरको भन्यो : जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति विवरण तय गर्नु

अनलाइनसमय |
१७ वैशाख २०८२
निजी विद्यालयलाई महानगरको भन्यो : जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति विवरण तय गर्नु

काठमाडौं, १७ वैशाख । काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।

विद्यालयहरूले छात्रवृत्तिका लागि सूचना पाटीमा सूचना टाँस गर्नुपर्नेछ भने सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन लिई जेठको पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

छात्रवृत्ति वितरणका लागि काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५०(३) अनुसार गठित छात्रवृत्ति छनौट समितिको निर्णयलाई मात्र मान्यता दिइनेछ ।

महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनेको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक प्रतिनिधि रहनुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस