काठमाडौं, १५ वैशाख । नेपालमा मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने जनाएको छ ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाका कारण वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशक एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का हल्का वर्षा भइरहेको छ ।
आज देशभर केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यस्तै सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।