स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा छलफल जारी

अनलाइनसमय |
११ वैशाख २०८२
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा छलफल जारी

काठमाडौं, ११ वैशाख । नेपाल चिकित्सक संघ तथा आवासीय चिकित्सकका प्रतिनिधिहरु र स्वास्थ्य मन्त्रीबीच वार्ता सुरु भएको छ । वार्ता मन्त्रालयमा जारी छ ।

आवासीय चिकित्सकहरुका मागका विषयलाई लिएर बिहीबार स्वास्थ्य मन्त्रालय घेर्न माइतीघरमा उत्रेका नेपाल चिकित्सक संघका पदाधिकारी, आवासयी चिकित्सक तथा अन्य चिकित्सकका प्रतिनिधिहरु अहिले स्वास्थ्य मन्त्रालयको हलमा छलफलमा छन् ।

वार्तामा शिक्षामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत छन् ।

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औँ बैठकले निजी मेडिकल कलेजलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सुविधा दिन निर्देशन दिएको थियो । तर, निर्देशन कार्यान्वयन नभएपछि चिकित्सकहरू २८ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस