काठमाडौं, १० वैशाख । मंगलबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा भएको चाँदी आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।