काठमाडौं, ८ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मुल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मुल्य हालसम्मकै उच्च हो । यसअघि ४ वैशाखमा प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।