१३.९० अङ्कले बढेको नेप्से २,६८० बिन्दुमा, सबै उपसूचक हरियाली

अनलाइनसमय |
२७ चैत २०८१
१३.९० अङ्कले बढेको नेप्से २,६८० बिन्दुमा, सबै उपसूचक हरियाली

काठमाडौं, २७ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से १३ दशमलव ९० अङ्कले बढेर दुई हजार ६८० दशमलव ५२ बिन्दुमा कायम भएको छ ।

आज १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । हिजो मंगलबार ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १५४ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ६५ प्रतिशतले बढेको छ । त्यस्तै लगानी १ दशमलव ५६, उत्पादन तथा प्रशोधन १ दशमलव ४२ र व्यापार समूहको उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ ।

आज नेपाल माइक्रो इन्सुरेन्सको ९ दशमलव ९८, बोटलर्स नेपाल (बालाजु)को ५ दशमलव १६ र सोल्टी होटलको शेयर मूल्य ४ दशमलव १७ प्रतिशतले बढेको छ ।

यस्तै सिन्धु विकास बैंकको ८ दशमलव ०५, हिमालय एभरेष्ट इन्सुरेन्सको २ दशमलव ६२ र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस