casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब रू. ५ अर्ब ३४ करोड मुनाफा जम्मा

अनलाइनसमय |
२२ चैत २०८१
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब रू. ५ अर्ब ३४ करोड मुनाफा जम्मा

काठमाडौं, २२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब रू. ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब रू. ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब रू. ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको छ ।

कर्मचारी सञ्चय कोष सञ्चालक समितिको यही चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौजदात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।
कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशत समेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको छ ।

यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा ब्याज र मुनाफा समेत गरी वार्षिक ६.६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ ।

साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधा वापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिव रू. १४ करोड ६५ लाख, काजकिरिया अनुदान वापत ७०६ जनालाई करिव रू. २ करोड ८२ लाख, दुर्घटना क्षतिपूर्ति वापत १०७ जनालाई करिव रू. २ करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्ना वापत ५ हजार ७३६ जनालाई रू. ३४ करोड ६५ लाख र विशेष आर्थिक सुविधा वापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिव रू. ७० लाख प्रदान गरिएको छ ।

हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ८० हजार ४०० को सङ्ख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun