राष्ट्रपतिबाट तीन जना राजदूतले लिए शपथ

अनलाइनसमय |
३० कार्तिक २०८३
राष्ट्रपतिबाट तीन जना राजदूतले लिए शपथ

काठमाडौं, ३० कात्तिक । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् ।

भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरुलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस