श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन; नदिए उजुरी गर्न सकिने

अनलाइनसमय |
२६ असोज २०८३
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन; नदिए उजुरी गर्न सकिने

काठमाडौं, २६ असोज । श्रम तथा व्यावसायिक सुरक्षा विभागले श्रम ऐन अनुसार प्रत्येक श्रमिकले पाउने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गरेको छ ।

श्रम ऐन, २०७४ को दफा ३७ मा उल्लेखित व्यवस्था अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने प्रावधान रहेको छ ।

रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा श्रमिक तथा कामदारले सम्बन्धित क्षेत्रको श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यावसायिक सुरक्षा विभागमा सोझै उजुरी/निवेदन दिन सक्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस