४ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
२६ असोज २०८३
४ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, २६ असोज । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ अंकले बढेर दुई हजार ५९५ दशमलव ८१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १०५ धितोपत्रको शेयर मूल्य बढ्दा १६५ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५४ धितोपत्र कारोबारमा आएका छन् ।

आज स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बुंगल हाइड्रो ४ दशमलव ७५ र सुपर माइ हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन रिज लाइन इनर्जी ६ दशमलव २९, टक्सार पिखुवा खोला हाइड्रोपावर ५ दशमलव ४२, होटल फरेष्ट इन ४ दशमलव ०१ र त्रिशुली जल विद्युत् कम्पनीको शेयर मूल्य ३ दशमलव १४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस