रियाद विमानस्थलमा फेरि आक्रमण, एक जनाको मृत्यु, ११ घाइते

अनलाइनसमय |
२६ असोज २०८३
रियाद विमानस्थलमा फेरि आक्रमण, एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं, २६, असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अल जजिराका अनुसार पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ ।

यसअघि हिजो भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएको समाचार सार्वजनिक भएको थियो । विमानस्थलमा लगातार भइरहेका आक्रमणले साउदी अरबको सुरक्षा अवस्थामाथि थप चिन्ता बढाएको छ ।

यता, हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित विमानस्थलमा पनि हवाई हमला भएको छ । हुथीसम्बद्ध सञ्चारमाध्यमका अनुसार साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण गरिएको छ ।

साउदी अरबमाथि भइरहेका आक्रमण र यमनमा जारी हवाई हमलाले साउदी अरब तथा हुथी विद्रोहीबीचको द्वन्द्व थप चर्किन सक्ने आशंका बढाएको छ । यसैबीच, अमेरिकी विदेश मन्त्रालयले साउदी अरबका प्रमुख विमानस्थल प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस