काठमाडौं, २६ असोज । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा म२५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।