कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
२६ असोज २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, २६, असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

आज राती देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस