Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारको माग

अनलाइनसमय |
२३ भदौ २०८३
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारको माग

काठमाडौं, २३ भदौ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १,४६४ जना सहायक कामदार (केयरगिभर) कामदार माग गरिएको हो ।

इच्छुक आवेदकले असोज २६ गते राती ११ बजेर ५९ किनेटसम्म विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् ।

छनौट भएका कामदारको सुरुवाती मासिक तलब ६ हजार ४४३.८५ इजरायली मुद्रा तोकिएको छ । हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्ने प्रावधान रहेको छ भने ओभरटाइम र अन्य सेवासुविधा इजरायली कानुन बमोजिम हुने सूचनामा उल्लेख छ । सुरुमा १ वर्षको करार अवधि रहने भए तापनि रोजगारदाताले आवश्यकता अनुसार थप गरी अधिकतम ५ वर्षसम्म काम गर्ने अवधि बढाउन सक्नेछन् ।

यसका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ केजी तौल भएको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यतातर्फ १० कक्षा उत्तीर्ण गरी १५ महिनाको ANM/CMA पूरा गरेको वा १०+२ उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट ३ महिनाको केयरगिभिङ तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, आवेदकले इजरायलको PIBA द्वारा निर्धारित Cambridge Upskill English Test मा तोकिएको न्यूनतम नतिजा हासिल गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। प्राप्त आवेदनहरू छानबिनका लागि इजरायलको Population and Immigration Authority (PIBA) मा पठाइने र PIBA ले नै अन्तिम नामावलीबाट गोलाप्रथा (Lottery) मार्फत कामदारको अन्तिम छनौट गर्नेछ यसअघि २०८३ जेठमा प्रकाशित विज्ञापनमा आवेदन स्वीकृत भइसकेका उम्मेदवारहरूले भने पुनः आवेदन दिनु नपर्ने र उनीहरूको साविककै विवरणलाई गोलाप्रथा प्रक्रियामा समावेश गरिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun