रसुवा बाढी प्रभावितलाई म्यान्मारद्वारा ५ लाख डलर र ८ मेट्रिक टन खाद्यान्न सहयोग

अनलाइनसमय |
१८ भदौ २०८३
रसुवा बाढी प्रभावितलाई म्यान्मारद्वारा ५ लाख डलर र ८ मेट्रिक टन खाद्यान्न सहयोग

काठमाडौं, १८ भदौ । गत भदौ १० गते नेपालको रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपीडितका लागि म्यान्मार सरकारले ५ लाख अमेरिकी डलर नगद र ८ मेट्रिक टन दाल तथा गेडागुडी मानवीय सहायता प्रदान गरेको छ ।

उक्त राहत सामग्री हस्तान्तरण गर्न म्यान्मारका समाज कल्याण, राहत तथा पुनर्नस्थापना मन्त्रालयका उपमन्त्री डा. थान सोको नेतृत्वमा आएको उच्चस्तरीय टोली मङ्गलबार म्यान्मारको सैनिक विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । टोलीलाई काठमाडौँस्थित म्यान्मारका राजदूत उ थान्ट सिन तथा दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

May be an image of text

मङ्गलबार साँझ आयोजित एक औपचारिक समारोहकाबीच नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, सांसद धर्मराज के.सी. र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले सो सहयोग सामग्री ग्रहण गरेका थिए ।

सो समारोहमा बोल्दै उपमन्त्री डा. थान सोले म्यान्मार सरकार र त्यहाँका जनताका तर्फबाट नेपालका जनतालाई सहयोग पु¥याउने उद्देश्यले यो मानवीय सहायता प्रदान गरिएको बताए उनले यस सहायताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै आपतविपत् परेका प्रभावित व्यक्तिहरू छिटै सामान्य जीवनमा फर्किन सकून् भनी शुभकामना व्यक्त गरे ।

May be an image of aircraft and text that says 'တပ်မတော်(လေ (လလေ) (​ေ လ) တပ်မ​ေ တာ်'

त्यसैगरी, मन्त्री महावीर पुनले म्यान्मार सरकार तथा त्यहाँका जनताले पु¥याएको मानवीय सहायता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । उनले प्राप्त सहायता प्राकृतिक विपत्तिबाट प्रभावित जनताका हितका लागि प्रभावकारी रूपमा उपयोग गरिने बताए । म्यान्मारद्वारा दान गरिएका यी मानवीय राहत सामग्रीहरू विपद् प्रभावित समुदायहरूलाई वितरण गर्नका लागि बाढी र पहिरोग्रस्त क्षेत्रहरूमा पठाइने जानकारी प्राप्त भएको छ ।

May be an image of aircraft and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस