४.६६ अङ्कले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

अनलाइनसमय |
१८ भदौ २०८३
४.६६ अङ्कले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं, १७ भदौ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६६ अंकले बढेर दुई हजार ५४२ दशमलव ७७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४५ धितोपत्रको शेयर मूल्य बढ्दा १२३ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।

आज विन नेपाल लघुवित्त ८ दशमलव ७६, चिख्र्वा हाइड्रोपावर ८ दशमलव ५६, आशा लघुवित्त ८ दशमलव २९, माया खोला हाइड्रोपावर ७ दशमलव ८४ र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्य ६ दशमलव ४५ प्रतिशतले बढेको छ ।

यसदिन पियर इनर्जी १३ दशमलव ३३, आत्मनिर्भर लघुवित्त ६ दशमलव १, सेन्ट्रल फाइनान्स ५ दशमलव ७६, स्वाभलम्बन लघुवित्त ४ दशमलव ३८ र सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस