रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

अनलाइनसमय |
१६ भदौ २०८३
रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त संख्यामा शव फेला परेका हुन् ।

प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । विभिन्न स्थानबाट घाइतेको उद्धार गरी उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहलगायतका सुरक्षा तथा उद्धार संयन्त्र परिचालन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस