काठमाडौं, १६ भदौ । मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।