काठमाडौं, १५ भदौ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर दुई हजार ५१३ दशमलव ४२ बिन्दुमा कायम भएको हो ।
आज ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २१ धितोपत्रको शेयर मूल्य बढ्दा २५३ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४७ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ०७ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन निर्जीवन बीमा समूह सर्वाधिक ५ दशमलव ०३ प्रतिशतले बढेको छ ।
आज उपकार लघुवित्त १३ दशमलव १६, घोराही सिमेन्ट इन्ड्रस्ट्रीज ७ दशमलव ६७ र पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीजको शेयर मूल्य ४ दशमलव ०३ प्रतिशतले बढेको छ ।
यसदिन मोलुङखोला जलविद्युत् १४ दशमलव ९८, रसुवागढी हाइड्रोपावर ११ दशमलव ७६, एमबीएल इक्युटी फण्ड १० दशमलव ६२, चिल्लीमे हाइड्रोपावर १० दशमलव ४९ र सिदार्थ इन्भेष्टभेन्ट ग्रोथको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।