नेपाल– चीन सीमा क्षेत्रमा बनेको ताल नियन्त्रणमा, अर्को ताल फेला

अनलाइनसमय |
१४ भदौ २०८३
नेपाल– चीन सीमा क्षेत्रमा बनेको ताल नियन्त्रणमा, अर्को ताल फेला

काठमाडौं, १४ भदौ । नेपाल– चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल ‘ब्यारियर लेक ०१’ नियन्त्रणमा आएको छ । अननेङ ग्रुपको पछिल्लो अनुगमन तथ्याङ्क अनुसार उक्त तालको करिब १ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ, जुन करिब १४ वटा फुटबल मैदान बराबरको विशाल आकार हो ।
यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

यसका साथै, अनुगमन टोलीले मुख्य तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को दोस्रो ताल ‘लेक ०२’ पनि पहिचान गरेको छ ।

तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउने उच्च जोखिम रहेकाले उद्धार टोली र प्राविधिकहरूले ड्रोन तथा भू–उपग्रहमार्फत २४ सै घण्टा निरन्तर निगरानी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस