चीनको जलस्रोत मन्त्रालयले भन्यो : छोचेन र पुरेपू त्साङ्पोको दोभानमा ठूलो ताल बनेको छ

अनलाइनसमय |
११ भदौ २०८३
चीनको जलस्रोत मन्त्रालयले भन्यो : छोचेन र पुरेपू त्साङ्पोको दोभानमा ठूलो ताल बनेको छ

काठमाडौं, ११ भदौ । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

आगामी तीन दिनमा उक्त तालमा थप ३० लाख घनमिटर पानी आउने अनुमान गरिएको छ, जसले ताल फुट्ने उच्च जोखिम निम्त्याएको चीन सेन्ट्रल टेलिभिजनले बिहीबार रिपोर्ट गरेको छ ।

मन्त्रालयले तालको गतिविधिलाई नजिकबाट नियालिरहेको जनाएको छ । ताल फुट्ने सम्भावित अवस्थाको पूर्वानुमान गर्न तथा आपत्कालीन उद्धार प्रयासहरूमा सहयोग पु¥याउन बाढीको सिमुलेशन र विश्लेषण गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस