काठमाडौं, १ भदौ । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधनमन्त्रीलाई रुलिङ गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री शाहले संसदमा सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै संसद बैठकमा बिरोध हुँदै आएको छ ।