यस्ता छन् कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेला/सम्मेलनका ५ निर्णय

अनलाइनसमय |
३१ साउन २०८३
यस्ता छन् कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेला/सम्मेलनका ५ निर्णय

काठमाडौं, ३१ साउन । विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन सकिएको छ ।

साउन २९ गते उद्घाटन भएको बेला विभिन्न ५ प्रस्ताव पारित गर्दै तथा ५ निर्णयसहित आज सम्पन्न भएको हो । लाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा बुँदे प्रस्ताव पारित गरेको हो ।

भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास भेलाले व्यक्त गरेको छ । महाधिवेशनसम्म पार्टीका नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय भएको छ ।

त्यस्तै, भेलाले अब हुने कार्यक्रम पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गर्दै जाने पनि निर्णय गरेको छ ।

यस्ता छन् निर्णय :
१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ ।
१५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
३. नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाल रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ ।
४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्बाद गरि निकाश दिइने छ ।
५. २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस