पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

अनलाइनसमय |
४ साउन २०८३
पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, ४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी, व्यवसायी भेटलाई निरन्तरता दिने क्रममा पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा व्यवसायीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन् ।

छलफलमा शेयर ब्रोकर प्रियाराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि सहभागी हुनेछन् ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस