रोजगारीका लागि एक वर्षमा करिब ८ लाख नेपाली विदेशिए

अनलाइनसमय |
३ साउन २०८३
रोजगारीका लागि एक वर्षमा करिब ८ लाख नेपाली विदेशिए

काठमाडौं, ३ साउन । गत आर्थिक वर्ष २०८२/८३ मा करिब ८ लाख नेपाली कामको खोजिमा विदेश गएका छन् ।

वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आवको असार मसान्तसम्ममा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिलो आवको सोही अवधिको तुलनामा ५ दशमलव ६० प्रतिशतले कम हो । अघिल्लो आवमा ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या शून्य दशमलव ६७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएकोमा गत आवमा ९५ हजार ९१ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

यस्तै आव २०८२/८३ मा ६ लाख ९७ हजार ९६ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६ दशमलव ४० प्रतिशतले कम हो । अघिल्लो आवमा ७ लाख ४४ हजार ८११ पुरुषले श्रम स्वीकृति लिएका थिए ।

४ लाखभन्दा बढीले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार गत आवमा नयाँ श्रम स्वीकृति लिएर ४ लाख ६ हजार ४०४ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ३ लाख ४८ हजार २११ पुरुष र ५८ हजार १९३ महिला छन् ।

यस्तै संस्थागतबाट २ लाख ४१ हजार ९७५ पुरुष र २७ हजार १५ जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । गत आवमा व्यक्तिगततर्फबाट ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर ३ लाख ८५ हजार ७८३ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ६९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपालीको आकर्षण युएईमा
विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीका लागि १५१ देशमा नेपाली श्रम स्वीकृति लिएर गएका छन् । विभिन्न देशमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । गत आवमा १ लाख ८३ हजार ५८० जनाले श्रम स्वीकृति लिएर यूएई गएका छन्, जसमध्ये १ लाख ५४ हजार ८९२ पुरुष र २८ हजार ६८८ महिला छन् ।

नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै मलेसिया गएका छन् । यस देशका लागि गत आवमा मात्रै १ लाख २८ हजार ७५३ पुरुष र ३ हजार ८९३ महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि १ लाख ३२ हजार ५१, साउदी अरेबीया जान १ लाख २४ हजार ५८३ र कुवेतका ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस