६० दिनदेखि २३ स्वास्थ्यकर्मी गायब, १५ दिनभित्र सफाइ पेस नगरे सेवाबाटै हटाइने

अनलाइनसमय |
३२ असार २०८३
६० दिनदेखि २३ स्वास्थ्यकर्मी गायब, १५ दिनभित्र सफाइ पेस नगरे सेवाबाटै हटाइने

काठमाडौं, ३२ असार । बिदा स्वीकृत नगराई लगातार ६० दिनदेखि कार्यक्षेत्रमा अनुपस्थित २३ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सरकारले  सफाइ पेसको अन्तिम मौका दिएको छ ।

स्स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेस नगरे उनीहरूलाई सेवाबाटै बर्खास्त गर्ने चेतावनी दिएको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी (६०) दिनसम्म अनुपस्थित रहेकाले ती कर्मचारीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन लागिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सम्पर्कविहीन कर्मचारीहरूमा वीर अस्पतालका १३ जना, कान्ति बाल अस्पतालका ६ जना, टेकु अस्पतालका २ जना तथा नरदेवी आयुर्वेद चिकित्सालय र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका १/१ जना कर्मचारी रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा नवौँ र दशौँ तहका वरिष्ठ डाक्टरहरूदेखि नर्सिङ अधिकृत, स्टाफ नर्स र ल्याब टेक्नोलोजिस्टसम्म छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस