घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
२४ असार २०८३
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २४ असार । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस