बढ्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
१९ असार २०८३
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १९ असार । बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँका कारोबार भएको थियो ।

यस्तै चाँदी तोलमा चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चार हजार ४५० कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस