रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ

अनलाइनसमय |
१७ असार २०८३
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।

शपथग्रहणपछि सभापति लामिछानेले निर्वाचित सबै सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पार्टीको प्रतीकस्वरूप घण्टी उपहारस्वरूप हस्तान्तरण गरेका थिए ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा असार ७ देखि १२ गतेसम्म सञ्चालन भएको थियो, जहाँबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस