काठमाडौं, ११ असार । नेपाली बजारमा केही दिनयता सुनको मूल्य निरन्तर घटिरहेको छ । आज पनि सुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ५ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा २५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।