नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा समुद्घाटन

अनलाइनसमय |
१० असार २०८३
नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा समुद्घाटन

काठमाडौं, १० असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् समुद्घाटन गरेका छन् । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति अर्थमन्त्रीले खुशी प्रकट गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

यस्तै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौडा उपमहानगरपालिका प्रमुख (मेयर) श्रीमती मिनाकुमारी लामा,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत बैंकका अन्य प्रतिनिधिहरु, बागमती प्रदेश तथा नगरपालिकाका लब्ध प्रतिष्ठित व्यतिmत्वहरुको गरिमामय उपस्थिति रहेको सो समुद्घाटन कार्यक्रम मार्फत् नेपाल बैक, यस क्षेत्रको अग्रणी बैंक रहेकोे तथा अपाङ्गता मेैत्री सेवा समेत समेट्ने गरी उत्कृष्ट सेवा प्रदान गर्न लागेको प्रति खुशी प्रकट गर्दै थप प्रभावकारी सेवा प्रवाहको लागि शुभकामना व्यक्त गरेका थिए ।

नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई दक्ष जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस