काठमाडौं, १० असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।