काठमाडौं, ८ असार । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सवा २ खर्बचन्दा बढिको डिजेल र पेट्रोल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको जेठसम्ममा कुल २ खर्ब २० अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बराबरको डिजेल र पेट्रोल आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६ दशमलव ८२ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा यस्तो आयात १ खर्ब ७४ अर्ब १३ करोड ९२ लाख रुपैयाँ मात्र रहेको थियो ।
चालू आवको जेठसम्ममा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख मूल्य बराबरको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भएको छ । गत आवमा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको १ खर्ब १५ मूल्य बराबरको १३ लाख १२ हजार ९०५ किलोलिटर (प्ी) डिजेल आयात भएको थियो । गत आवको तुलनामा डिजेलको आयात परिमाणमा ३.६६ प्रतिशतले कमी आएको छ भनेअन्तर्राष्ट्रिय बजारको मूल्य वा अन्य कारणले यसको आयात लागत (मूल्य) भने ३२.१३ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, चालू आवको ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख मूल्य बराबरको ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको छ, जुन गत आवको तुलनामा पेट्रोलको परिमाण ०.५३ प्रतिशतले बढ्दा यसको आयात लागत भने १६.३७ प्रतिशतले बढेको छ । गत आवको जेठसम्ममा ५८ अर्ब ५८ करोड ९० लाख मूल्य बराबरको ६ लाख ८१ हजार ४८४ किलोलिटर पेट्रोल आयात भएको थियो ।
चालू आवको ११ महिनामा सरकारले डिजेल आयातबाट ५२ अर्ब ८१ करोड ७५ लाख रुपैया र पेट्रोल आयातबाट ३७ अर्ब ६० करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।