काठमाडौं, ७ असार । अघिल्लो कारोबार दिन उच्च मूल्यले घटेको सुन आज भने बढेको छ । शुक्रबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १० हजार ५ सयले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा ५० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।