काठमाडौं, ४ असार । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधलबार सुन प्रतितोला १ हजार २ सयले घटेर २ लाख २ लाख ९७ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।