casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जर्मनीले ३.७६ करोड युरो सहयोग गर्ने

अनलाइनसमय |
३ असार २०८३
जर्मनीले ३.७६ करोड युरो सहयोग गर्ने

काठमाडौं, ३ असार । जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरोबराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ । मंगलबार भएको नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो ।

सहमतिअनुसार उक्त रकम ऊर्जा क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली सुदृढीकरण, जलवायुमैत्री ऊर्जा प्रणाली तथा नीतिको विकासमा सहयोग गरिनेछ । स्वास्थ्य क्षेत्रमा परोपकार प्रसूति तथा महिला अस्पताललाई सहयोग, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार, स्वास्थ्य बीमा तथा स्वास्थ्य क्षेत्रको डिजिटलाइजेशनमा जोड दिइनेछ ।

यस्तै, दिगो आर्थिक विकासअन्तर्गत किसान, युवा, महिला उद्यमी तथा लघु, साना र मझौला उद्यम (एसएमई) को क्षमता अभिवृद्धि र स्थानीय अर्थतन्त्र प्रवद्र्धनमा सहयोग गरिने काठमाडौंस्थित जर्मन राजदूतावासले जनाएको छ । साथै नागरिक समाज संस्थाहरू र जीआईजेट नेपालको सहकार्यमा स्थानीय नेतृत्वमा हुने विकास प्रक्रियालाई प्रोत्साहन गरिने सम्झौतामा उल्लेख छ ।

यो दुई वर्षे सहयोग रूपरेखाले संवादमार्फत गरिएका प्रतिबद्धताहरूलाई तल्लो तहका जनता, स्थानीय संस्था र समुदायसम्म पु¥याउन मार्गदर्शकको काम गर्ने बताइएको छ । नेपाल सरकार, नागरिक समाज, युरोपेली संघ र अन्य विकास साझेदारहरूसँगको समन्वयमा जर्मनीले नेपालको दिगो विकासमा आफ्नो सहकार्यलाई निरन्तरता दिएको भन्दै अधिकारीहरूले यसलाई नेपाल–जर्मनी सहयोगको अर्को सुखद अध्यायको सुरुवात भनेका छन् ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए भने जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय (बीएमजेड) को दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा शेफरले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun