घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
३ असार २०८३
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ सयले बढेर २ लाख ९८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस