काठमाडौं, ३ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको ज तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले कोशी, मधेश र बागमती प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरू तथा तथा मधेश प्रदेशको पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
त्यस्तै, आज राती कोशी, गण्डकी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका पनि थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।