१२.२६ अङ्कले घट्यो नेप्से, ४.४१ करोडको कारोबार

अनलाइनसमय |
१ असार २०८३
१२.२६ अङ्कले घट्यो नेप्से, ४.४१ करोडको कारोबार

काठमाडौं, १ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव २६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७११ दशमलव ७६ को बिन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक ४ अङ्कले घटेर २,७२४ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । शुक्रबार ४ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ५१ हजार ७०२ पटक किनबेच भएको छ ।

सोमबार ३५० धितोपत्र कारोबारमा आए, जसमध्ये १८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७३ धितोपत्रको मूल्य बढेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक समूहको उपसूचक ०.११ प्रतिशतले बढ्दा बाँकी सबै समूहको घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार समूहको १.४२, फाइनान्सको १.२६, निर्जीवन बीमाको ०.९१, विकास बैंकको ०.५४, हाइड्रोपावरको ०.४९, होटेल एण्ड टुरिजमको ०.४४ र लगानी समूहको उपसूचक ०.३४ प्रतिशतले घटेको छ ।

सोमबार सोपान फार्मास्यूटिकल्स र अपल्लो हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको ४.८२, एसवाई प्यानलको ३.९१ र डोल्टी पावरको ३.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ग्रीन डिभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले घटेको छ । त्यस्तै, रवा इनर्जीको ७.०६, सेन्ट्रल फाइनान्सको ५.९२, नेपाल रि– इन्स्योरेन्सको ४.१३ र नेपाल फाइनान्सको ३.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस