काठमाडौं, १ असबर । सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
जेठ १८ गतेदेखि ४६ खुलेको आईपीओमा २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।