काठमाडौं, ३१ जेठ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत देशभर रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत सातै प्रदेशमा रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुलेले प्रदान गर्ने विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति बिहीबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि. को तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक श्री दुर्गा दत्त पन्तले हस्ताक्षर गरेका हुन् ।