काठमाडौं, ३१ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ५ हजार ३०० ले घटेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।